डा. पुनको नेतृत्वमा डेङ्गु नियन्त्रणका लागि कार्यदल गठन

काठमाडौं, ११ असोज २०८१ः

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले डेङ्गु नियन्त्रणका लागि सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको नेतृत्वमा कार्यदल गठन गरेका छन्।

देशभरी डेङ्गु फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न शुक्रराज सङ्क्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर पुनको नेतृत्वमा शुक्रबार तीन सदस्यीय सुझाव कार्यदल गठन गरिएको हो। समितिमा स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत सुदीप आले र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला सदस्य सचिव तोकिएका छन्।

‘देशभरी अस्पतालमा डेङ्गुका बिरामी बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले रोकथाम तथा नियन्त्रणका लागि गठित कार्यदललाई १५ दिनभित्र विज्ञसँग सुझाव लिएर मन्त्रालयमा प्रतिवेदन पेस गर्न भनिएको छ,’ उनले भने।

कार्यदललाई अल्पकालीन तथा दीर्घकालीन रुपमा चालिने कदम तथा नीतिबारे सुझाव दिन जिम्मेवारी तोकिएको छ। कार्यदललाई प्रभावकारी जनचेतनाका उपाय सुझाउन जिम्मेवारी तोकिएको छ। यस्तै, समुदायस्तरमा डेङ्गु नियन्त्रणका नयाँ र भरपर्दो विधिसहित सुझाव प्रदान गर्न जिम्मेवारी समेत कार्यदलले पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!