अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिबसको उपलक्ष्यमा रोटरीको सम्मान कार्यक्रम

मध्यपुर थिमि, १६ असोज २०८१ः

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिबसको उपलक्ष्यमा रोटरी क्लब अफ मध्यपुरले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेको छ।

सिद्धिकाली मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा करिब ७० जना स्थानिय जेष्ठ नागरिकहरुलाई उपहार सहित सम्मान गरिएको क्लबका चार्टर प्रेसिडेन्ट सुरेन्द्र बिक्रम प्रजापतिले जानकारी दिनु भयो।

मध्यपुर थिमि नगरपालिका वडा न ६ का अध्यक्ष ज्ञानदास प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सिद्धिकाली क्षेत्र संरक्षण तथा बिकास समितिका अध्यक्ष दिल कृष्ण प्रजापतिको बिशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!