तिलिचो ट्रेडिङ्गद्वारा रु १ लाख बराबरको पशु औषधी सहयोग

काठमाडौं, १५ असोज २०८१ः

हालैको अबिरल बर्षाको कारण उत्पन्न भएको बिपदमा परेका पशुपंक्षीहरुको तत्काल उपचारको लागि तिलिचो ट्रेडिङ्ग प्रा.लि. ले रु एक लाख बराबरको पशु औषधी उपलब्ध गराउने भएको छ।

कम्पनिका प्रवन्ध निर्देशक राजेन्द्र थापा मगरले कम्पनिको सामाजिक उतर्दायित्व अन्तर्गत निशुल्क औषधी उपलब्ध गराएको बताउनु भयो। प्रवन्ध निर्देशक थापाले सो औषधी नेपाल पशुपंछी औषधी व्यवसायी संघ, बाग्मती प्रदेश समिति मार्फत उपलब्ध गराईने पनि जानकारी दिनु भयो।

तिलिचो ट्रेडिङ्ग प्रा.लि. ले आज एक बिज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका लगायत देशै भरीका विभिन्न भागहरुमा बाढी, पहिरो, डुवान लगायतका विपत्तिहरु्का कारण भएको जनधनको क्षति प्रति दुखः प्रकट गर्दै दिवंगत हुनु भएका सम्पूर्ण आत्माहरुको चीर शान्तिको लागि प्रार्थना गर्दै शोकाकुल परिवारजनहरु प्रति गहिरो समवेदना ब्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!