अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौँ, १६ असोज २०८१ः

अखिल क्रान्तिकारीको असोज १० गतेबाट जारी २३ औं राष्ट्रिय सम्मेलन स्थगित भएको छ।

सम्मेलनका अध्यक्ष मण्डलका अध्यक्ष बीरबहादुर थापाका अनुसार असोज ११ र १२ गते भएको भीषण वर्षाका कारण बन्दसत्र एक दिनको लागि स्थगित भइ पुनः सुचारु भएको थियो। थापाका अनुसार बन्द सत्रमा प्रस्तावित प्रतिवेदनमाथि छलफल जारी रहेको छ भने पाारित विधान बमोजिम निर्वाचन सम्पन्न गर्न दसैँ अगाडिको समय अपर्याप्त भएको सुझाव प्राप्त भएको छ।

अध्यक्ष मण्डलबिच बुधबार बसेको बैठकले यो अवस्था स्थगन गर्न उचित रहेको निष्कर्ष निकाल्दै सो निर्णय गरिएको उहाँको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!