बिराटनगर, २१ असोज २०८१ः
भुवन खतिवडा
नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ कोशी प्रदेशको आयोजनामा भएको मैत्रीपुर्ण फुटबल खेलमा VECDAN कोशी शाखा बिजयी भएका छन।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राम राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा नेपाल पशुपंक्षी औषधी बजार प्रतिनिधि संघ, मेची शाखा उपबिजेता भए।
उक्त प्रतियोगितामा नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ कोशी शाखा, नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ मेचि शाखा, नेपाल भेटेरिनरी एसोसियसन कोशी प्रदेश शाखा, नेपाल पशुपंक्षी औषधी बजार प्रतिनिधि संघ मेचि शाखा, नेपाल पशुपंक्षी औषधी बजार प्रतिनिधि संघ कोशी शाखाको सहभागिता रहेको थियो।
नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघका केन्द्रिय अध्यक्ष रितेश रिमालको बिशेष आतिथ्यता तथा संघको कोशी प्रदेशका पुर्ब अध्यक्ष ऋशी बच्चन यादबको आतिथ्यता रहेको उक्त प्रतियोगिताको संचालन सुभास चन्द्र गर्तौलाले गरेका थिए।
कार्यक्रम संघका कोशी प्रदेश अध्यक्ष दिलकुमार लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो।
फोटो फ़िचरः
