ब्यबसायी हिराकाजि महर्जनलाई पितृ शोक

ललितपुर, २१ असोज २०८१ः

ब्यबसायी हिरा काजि महर्जनलाई पितृ शोक परेको छ।

उनका पिता समाजसेवी एंब सांस्कृतिक गुरु किसलाल महर्जनको ९२ वर्षको उमेरमा हिजो राति असामयिक निधन भएको हो ।स्वर्गीय महर्जनको पार्थिब शरिरमा ज्यापु समाजको झन्डा ओढाएर सम्मान गरिएको थियो। अन्तेष्टि समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन लगायत अधिक संख्यामा गन्यमान्य ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो। स्वर्गीय महर्जनको शवलाई शंखमुल घाटमा धार्मिक परम्परा अनुसार अन्तेष्टि गरिएको छ।

ब्यबसायी हिरा काजि महर्जन बिगत चार दशक देखि संचालनमा रहेको नेवा सम्पदा संग प्रत्यक्ष जोडिएको दाचि ईट्टा लगायत बिभिन्न कलात्मक ई्ट्टाहरु उत्पादन गर्ने दक्षिणबाराही ब्रिक्स इण्डष्ट्रिज प्रा लि का संचालकका साथै यल दरबार भेन्यु लगायत दर्जनौ संस्थाहरुका संचालक समेत हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!