ललितपुर, २३ असोज २०८१ः
ललितपुर बक्सिङ एकेडमी र म्याक्स बक्सिङ प्रमोसनको संयुक्त आयोजना तथा नेपाल प्रोफेसनल बक्सिङ कमिसनको तत्वाधानमा किथ थुरमान च्याम्पियनसिप सम्पन्न भएको छ । यहि असोज १६ देखी २० सम्म ललितपुरको बिष्णुदोलमा उक्त च्याम्पियनसिप सम्पन्न भएको हो ।

उक्त प्रतियोगिता आउँदो नोभेम्बर ७,२०२४ मा बङ्लादेशको ढाकामा सम्पन्न हुन गइरहेको एक्सेल च्याम्पियनसिपको लागि छनौट प्रतियोगिता समेत हो।
प्रतियोगितामा ५७ केजी सेमि प्रो मा उमंग केसि ले फाइनलमा समीर शाक्य लाई , सेमि प्रो ६३ केजी फाइनलमा विशाल पुनले अशोक तामाङ लाई र ६६ केजी सेमि प्रो फाइनलमा अजित मगरले मुकेश लुइँटेल लाई पराजित गरि छनौट हुन सफल भएका छन ।
यस्का साथै अन्य ८ वटा तौल समुहका बिजेताहरुलाइ नगद पुरस्कार , प्रमाणपत्र र मेदल प्रदान गरिएको थियो ।
PC: Rajan Bikram Prajapati