मध्यपुर थिमि, २३ असोज २०८१ः
रत्न काजि प्रजापति
मध्यपुर थिमि नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल स्वास्थ्य विमा सेवा प्रदान गर्ने अस्पतालहरुमध्ये देशमा नवौं स्थानमा रहेको स्वास्थ्य विमा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार पहिलो भरतपुर अस्पताल चितवन, दोश्रो विपी कोइराला इन्स्टीच्युट अफ हेल्थ साइन्स, तेश्रो धुलिखेल अस्पताल, चौथो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पाँचौ नोबेल मेडिकल कलेज, छैटौ दमक मेडिकल कलेज, सातौ ख्वप अस्पताल, आठौं बकुलहर रत्न नगर अस्पताल र दशौं हेटौडा अस्पताल रहेको छ ।
स्वास्थ्य विमा बोर्डले हरेक वर्ष स्वास्थ्य विमा सेवा प्रदान गर्ने देश भरका अस्पतालहरु मध्ये उच्च १० अस्पतालको नाम सार्वजनिक गर्ने गरेको छ ।