शहीदलाई सम्झेर : रामकृष्ण प्रजापति

छट्पटिन्छ देशको
परिस्थिति र राजनीतिक घटनाले ।
देशलाई रुवाउँदा
बन्द हुन्छ मुटुको ढुकढुकीले ।
खोजेको क्रान्ति र शान्ति
गइरहेको छ टाढा आस्थाले ।
अब कसलाई भन्ने र
कसलाई सुनाउने
अब के गर्ने कसले ।
विकृति र बिसंगति विरुद्ध
अठोट गर्दै क्रान्तिले ।
बसेर त्यो दमन र शोषण
मनैदेखि प्रतिकार गरें
शहीदको सम्झनाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!