नेपाल भेटेरिनरी मार्केटिङ एसोसिएसनको काठमाडौँ युनिटले रक्तदान कार्यक्रम गर्दै

काठमाडौं , फागुन ७, २०७९ः

रत्न काजि प्रजापति

नेपाल भेटेरिनरी मार्केटिङ एसोसिएसनको काठमाडौँ युनिटले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

यहि फागुन २० गते शनिबारको दिन युएन पार्क शंखमुलमा कार्यक्रमको आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष सन्तोष बस्नेतले जानकारी दिनु भयो। बिहान ८ बजे देखि ११ बजे सम्म आयोजना हुने उक्त रक्तदान कार्यक्रममा सहभागि हुन अध्यक्ष बस्नेतलेआन्ह्वान पनि गर्नु भयो।

“रगतः तपाईको लागि केहि नहुन सक्ला, तर कसैको लागि अमुल्य हुन सक्छ” भन्ने भावना बाट अभिप्रेरित भएर रक्तदान कार्यक्रम गर्न लागेको आयोजक संस्थाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!