मध्यपुर थिमि, २७ असोज २०८१ः
रत्न काजि प्रजापति
मध्यपुर थिमि लायकुमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको खा पिहावयेगु जात्रा भब्यरुपमा सम्पन्न भएको छ।
मध्यपुर थिमिको लायकु दरबारबाट बिधिपुर्बक पुजा सकेर निस्किने उक्त जात्रा दिगु टोलको प्रचण्ड भैरब सहित नगरका मुख्य भागहरु परिक्रमा गरि स्थानिय बालकुमारी मन्दिर परिसर पुगेर समापन हुने गर्दछ। बालकुमारी मन्दिर परिसरमा शत्रुको रुपमा भुइफसि (कुविन्डो ) काटेपछी उक्त जात्रा सम्पन्न हुने गर्दछ। उक्त भुईफसि औषधीको रुपमा प्रयोग गर्न सकिने स्थानियको कथन रहेको पाईन्छ।
उक्त खाँ पिहाँ वईगु जात्रामा तत्कालिन युद्धको झल्को आउने गरी हात हतियारले सुसज्जित सेनाहरुले आक्रमण भन्दै युद्द शैलीमा प्रदर्शन गर्दा मध्यपुर थिमि तत्कालिन उपत्यकाको सामरिक महत्व बोकेको क्षेत्र हो भनेर प्रमाणित गरेको पाउन सकिन्छ।
उक्त जात्रामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख बिजय श्रेष्ठ, वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ लगायत थुप्रै स्थानियहरुको ब्यापक सहभागिता रहेको थियो।
फोटो फिचर (स्रोत; पवन सिबन्जा श्रेष्ठ)ः

