नगदेशमा खा पिहावयेगु जात्रा भब्यरुपमा सम्पन्न

मध्यपुर थिमि, नगदेश, २६ असोज २०८१ः
रत्न काजि प्रजापति

मध्यपुर थिमि लायकुमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको खा पिहावयेगु जात्रा सम्पन्न भएको छ।

बिजया दशमीको दिन मनाईने उक्त जात्रा नगदेशमा रहेको लायकु दरबारबाट बिधिपुर्बक पुजा पश्चात प्रदर्शन हुने गर्दछ। उक्त जात्रा लायकु दरबारबाट निस्केर स्थानिय सिद्धिगणेश मन्दिरमा बिशेष पुजा पश्चात नगर परिक्रमा गरि सोहि स्थानमा सम्पन्न हुने गर्दछ।

सो जात्राको अन्तिममा खडगले भुईफसि काट्ने प्रचलन रहेको छ। यो बर्ष तुईसिंग बिर्ताले भुईफसि काटेका थिए। उक्त भुईफसि खाएमा पेट दुखेको निको हुने बिश्वास स्थानियको रहेको छ।

हरेक बर्ष मनाउने यो जात्रा यो पटक बिशेष रहेको पाईयो। नगदेश लायकु दरबार पुनर्निर्माण समितिका सचिब दिनेश बाडेका अनुसार दरबारमा नया नायो पमाको नियुक्ति पश्चात यो जात्रा सार्बजनिक रुपमा भब्य रुपमा मनाईएको हो।

यहि जात्राकै लागि केहि दिन अगाडी मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलेआबश्यक पुजा सामाग्री, पोशाक लगायतका सामाग्री दरबारका नायोपमा रामकृष्ण बाडेलाई हस्तान्तरण गरेका थिए।

फोटो फिचर (स्रोत; पवन सिबन्जा श्रेष्ठ)ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!