मध्यपुर महोत्सव-२०८१ को लोगो पारित
मध्यपुर थिमि, ५ कार्तिक २०८१ः
रत्न काजि प्रजापति
मध्य्पुर थिमि नगरपालिकाको आयोजनामा यहि पुस १२, १३ र १४ गते हुने मध्यपुर महोत्सब २०८१ को लागि गठित मुल समारोह समितिको पहिलो बैठक आज सम्पन्न भएको छ। स्थानिय शंखधर पार्टी प्यालेसमा सम्पन्न भएको आजको बैठकमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले गत असोज १८ गते सार्बजनिक गर्नु भएको महोत्सब अबधारणा अनुसार नगरका वडा अध्यक्षहरुको संयोजकत्वमा ६ वटा क्षेत्रगत समितिहरु गठन गरिएको जानकारी दिनु भयो।

वडा न. १ का अध्यक्ष बाबुकाजी डंगोलको संयोजकत्वमा दिब्यश्वरी क्षेत्रगत समिति, वडा न. ४ का अध्यक्ष बाल कृष्ण श्रेष्ठको संयोजकत्वमा बालकुमारी क्षेत्रगत समिति, वडा न. ६ का अध्यक्ष ज्ञानदास प्रजापतिको संयोजकत्वमा चपाचो क्षेत्रगत समिति, वडा न. ७ का अध्यक्ष कृष्ण कुमार प्रजापतिको संयोजकत्वमा नगदेश क्षेत्रगत समिति, वडा न. ८ का अध्यक्ष रमेश थापा श्रेष्ठको संयोजकत्वमा बोदे क्षेत्रगत समिति र वडा न. ९ का अध्यक्ष सानुकाजी राजवहाकको संयोजकत्वमा तिगनी/निकोशेरा क्षेत्रगत समिति गठन गरिएको जानकारी नगर प्रमुख श्रेष्ठले दिनु भयो।

उक्त बैठकले मध्यपुर महोत्सव-२०८१ को लोगो पारित गर्नुका साथै मध्यपुर महोत्सव -२०८१ को कार्य विभाजन तथा जिम्मेवारी बहनको लागि विभिन्न विधाका ११ वटा विषयगत क्षेत्रगत उपसमिति गठन गरिने निर्णय पनि गरेको छ।

महोत्सबको अबधारणा अनुसार नगर प्रमुख श्रेष्ठको संयोजक्त्वमा १०१ सदस्यीय महोत्सब आयोजक मुल समिति गठन गरिने छ भने सल्लाहकार समिति (९), महोत्सव निर्देशक समिति (१५), क्षेत्रगत आयोजक समिति (११) र विषयगत उपसमिति (५) पनि गठन गरिने छ।

बिश्व सम्पदा सूचिमा सूचिकृत सम्पदा भएका तीन ठुला नगरपालिकाहरुको बीचमा अवस्थित नगरपालिका अनि मूर्त, अमूर्त सम्पदाको धनी र छुट्टै पहिचान तथा मौलिकता बोकेको नगर भएता पनि पर्याप्त प्रवर्द्धनको अभावमा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन नसकिरहेको अबस्थामा रोजगारी सिर्जना र आम्दानीको साधन बनाएर पर्यटन मार्फत नगरको अर्थतन्त्रलाई थप गतिशिल एवम् प्रगतिशित बनाई स्थानीय कला, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्नकै लागि मध्यपुर महोत्सबको आयोजना हुन लागेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो।

फोटो सौजन्य: सुरेन्द्र श्रेष्ठ सचिबालय