सय दिनमा लक्ष्य अनुसार काम गरेको कृषिमन्त्री अधिकारीको दाबी

काठमाडौँ, ५ कात्तिक २०८१ः

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा लक्ष्य अनुसार काम गर्न सकेको बताउनुभएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री अधिकारीले मन्त्रालयको आन्तरिक व्यवस्थापनका साथै दुग्ध तथा उखु किसानहरूले पाउनुपर्ने रकमको उपलब्ध गराउने सहितका काम गरेको बताउनुभएको हो ।

नीतिगत सुधारका केही कामहरू पनि थालनी गरेका बताउनुहुँदै मन्त्री अधिकारीले भन्नुभयो, ‘‘आगामी दिनमा साङ्गठनिक र नीतिगत सुधारमै ध्यान केन्द्रित गरिनेछ ।’’ कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहज मल, बीउ र बजारको उपलब्धता, कृषि पेसामा युवालाई आकर्षण गराउँदै आधुनिक कृषि प्रणालीका लागि लगानी अभिवृद्धिका लागि काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री अधिकारीले सय दिनमा ४४ बुँदे प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।

यस्ता छन् कृषि मन्त्रीका सय दिने प्रगति विवरण

100 days Progress_MoALD_Press Meet

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!