साफ वुमन्स च्याम्पियनसिप २०२४ः नेपालले गर्यो गोलको बर्षा

माल्दिभ्सलाई ११-० गोलले हरायो

काठमाडौँ, ५ कार्तिक २०८१ः

काठमाण्डौमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्स विरुद्ध गोलको वर्षा गरेको छ । दशरथ रंगशालमा साँझ आज भएको खेलको पहिलो हाफमा नै नेपालले पाहुना टोली माल्दिभ्स विरुद्ध ४ गोल गर्यो । नेपालले दोस्रो हाफमा ७ गोल थप्यो र ११-० गोलअन्तर सहित नतिजा आफ्नो पक्षमा पार्यो ।

माल्दिभ्स विरुद्धको सानदार खेल प्रदर्शनमा रेखा पौडेलले पाँच, प्रीति राईले तीन तथा सवीता रानामगर, अनिता केसी र अमिशा कार्कीले एक एक गोल गरे । यो जितसंगै ४ अङ्क बनाएको नेपाल समूह बी को शीर्ष स्थानमा उक्लिएको छ । यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

पहिलो खेलमा श्रीलंकासंग १-० गोल अन्तरले पराजित माल्दिभ्स भने अंकविहीन छ । यसैबीच आजै भएको पहिलो खेलमा श्रीलङ्कालाई ४-१ गोल अन्तरले हराउँदै भूटान विजयी भयो । अब समूह चरणको अन्तिम खेलमा बिहीबार नेपालले श्रीलंका र माल्दिभ्सले भुटानको सामना गर्नेछन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!