कोहलपुरमा प्लाष्टिकको मालाको प्रयोगमा प्रतिवन्ध

धम्बोजी, ५ कात्तिक २०८१ः

बाँकेको कोहलपुर नगरपालिकाले प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगमा प्रतिवन्ध लगाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीका अनुसार प्लाष्टिकका मालाहरुको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगमा प्रतिवन्ध गरिएको हो ।

तिहार लगायतका चाडपर्वमा प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकुल असर पार्ने भएकाले प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोग नगर्न प्रमुख प्रशासकीय अधिकृत गिरीले सबै नगरवासीलाई अनुरोध गर्नु भएको छ । उहाँले भन्नु भयो,‘प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगले स्थानीय कृषकबाट उत्पादित फुलले समेत बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने जस्ता समस्या देखिने गरेका छन् ।

त्यसैले कोहलपुर नगरपालिका सहितका स्थानीय कृषकहरुले उत्पादन गरेका सयपत्री तथा मखमली लगायतक फुलहरुको प्रयोग गर्न अनुरोध गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!