चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिहरुद्वारा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको अबलोकन

मध्यपुर थिमि, ७ कार्तिक २०८१ः

चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिहरुद्वारा मध्यपुर थिमि नगरपालिका वडा न ५ मा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको अबलोकन भ्रमण गरेको छ। चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको नेतृत्वमा आएको टोलीलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले स्वागत गर्नु भएको थियो।

भ्रमण टोलीले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको अबलोकन गरी अस्पतालले प्रवाह गरेको सेवा तथा सुबिधाका सम्बन्धमा निरीक्षण तथा जानकारी लिनु भएको थियो। अस्पतालका मेडिकल डाईरेक्टर डा. डि के रौशनले टोलीलाई अस्पतालका बिबिध पक्षहरुबारे ब्रिफिङ्ग गर्नु भएको थियो।

उ्क्त अबलोकन भमण टोलीमा नगर प्रमुख घनश्याम गिरी सहित उप-प्रमुख वसन्ती श्रेष्ठ, नगर कार्यपालिका्का सदस्यहरु, चन्द्रागिरी नगर अस्पतालका कार्यकारी निर्देशक संलग्न हुनु हुन्थ्यो।

बिगतमा नेपाल सरकारबाट विकास समिति ऐन २०१३ बमोजिम साविकमा कोरिया नेपाल मैत्री विकास समिति (गठन) आदेश २०६६ बमोजिम संचालन भएको कोरिया नेपाल मैत्री अस्पताल नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५।४।२३ को निणर्य अनुसार मध्यपुर थिमि नगरपालिकामा हस्तान्तरण भई आएको हो।

हाल नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल (परिवर्तित नाम) को संचालन तथा व्यवस्थापन मध्यपुर थिमि नगरपालिकाले गर्दै आईरहेको छ।

PC: PAWAN SHRESTHA

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!