अण्डाको मुल्यमा उतारचढाबः असोज ९ गते सम्म रु. ३६० को अण्डा एक महिनामै रु. ४७५ पुग्यो

काठमाडौं, ७ कार्तिक २०८१ः
रत्न काजि प्रजापति

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा पुन बृद्दि गरेको छ।

संघको आज भएको भर्चुअल बैठकले चितवन जिल्लालाई आधार मानेर भोलि कार्तिक ८ गते देखि लागु हुने गरि नया समर्थन मुल्य तोकेको छ जस अनुसार किसानका लागि मध्यम अण्डा प्रतिक्रेट ४६०, ठूलो अण्डा ४७५ र एक्सेल अण्डा ४९० रूपैयाँमा कारोबार हुनेछ भने प्रतिगोटा उपभोक्ता मुल्य रु २० तोकेको छ।

गत असोज ३० गते मात्र अण्डाको मुल्य बढाएको संघले हप्ता दिन भित्रै कार्तिक ४ गते र ८ गते देखि लागु हुने गरि दुई पटक मुल्य बृद्दि गरेको हो।

नेपालीहरुको महान चाड बिजया दशमीको केहि साता अघि मात्रै अघिल्लो मुल्य भन्दा निकै गिरावत आएको अण्डाको मुल्यमा दशैको मुखैमा मुल्य बढेको थियो। सो मुल्य बृद्दि पछि हालसम्म ३ पटक गरी करिब २०% को हाराहारीमा मुल्य बृद्दि भएको छ।

अण्डाको मुल्यमा किन यस्तो उतारचढाब भन्ने प्रश्नमा संघका सचिब मदन पोखरेलले बजारको माग अनुसार उत्पादन नहुँदा थोरै समयमा नै अण्डाको मूल्य बढेको बताए। पोखरेलले उत्पादन र बजारको माग अनुसार अण्डाको मुल्यमा परिबर्तन हुने बताए।

पछिल्लो केहि महिनाको अण्डाको मुल्य हेर्दा निकै उतारचढाब भएको पाईन्छ। गत भाद्र ३ गते प्रति क्रेट रु ४८५ मा कारोबार भएको ठूलो अण्डा असोज ९ गते प्रति क्रेट रु ३६० मा झरेर फेरि कार्तिक ८ गते सम्ममा आईपुग्दा रु ४७५ पुगेको छ। सोहि अनुपातमै अन्य साईजका अण्डाहरुको मुल्यमा घटबढ भएको पाईन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!