रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप

पोखरा, ८ कार्तिक २०८१ः

सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले बिहीबार ७ दिनको म्याद थप गरेको छ।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले पक्राउ परेकै दिनदेखि लागूहुने गरी पहिलोपटक ६ दिनको म्याद दिएको थियो। अनुसन्धान नसकिएको र प्रमाण जुटाउन बाँकी रहेपछि अदालतले दोस्रोपटक सात दिनको म्याद थप गरेको हो।

दोस्रोपटक थपिएको म्याद कात्तिक १४ गते रातिसम्म हुन्छ। म्याद सकिएको भोलिपल्ट अदालतमा हाजिर गराउनुपर्ने हुन्छ। तर, दोस्रोपटक थपिएको म्याद सकिएको भोलिपल्ट अर्थात् कात्तिक १५ गतेदेखि तिहारको सार्वजनिक बिदा छ। १५ गतेदेखि १९ गतेसम्म सार्वजनिक बिदा नै छ।

त्यसकारण उनलाई २० गते मंगलबार मात्र अदालतमा लगिने छ। अदालतमा फेरि म्याद थप गर्ने, नगर्ने भन्नेबारे बहस हुनेछ। त्यतिबेला म्याद थपियो भने तिहार बिदासमेत गणना हुन्छ। त्यसो त, उनले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!