भक्तपुर, ११ कार्तिक २०८१ः
राम चन्द्र प्रजापति
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर नगर कमिटीको दोस्रो पुर्ण बैठक नगर कमिटीका अध्यक्ष मदन द्यौलाको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र नं १ भक्तपुरका इन्चार्ज सोम प्रसाद मिश्रले भक्तपुर नगरको बार्षिक कार्यक्रम नगर अध्यक्षले प्रस्तुत गरेकोमा केही कार्यक्रम थप्दै सुझाव दिनु भयो। भक्तपुर नगरका राम्रो पक्षलाई आत्मसात गरि कमजोर पक्षलाई सुधार गरि अगाडि बढनु पर्ने र पार्टीको लागि योगदान गरेका अग्रजलाई स्मरण गरेर सम्मान तथा अभिनन्दन गर्नु पर्ने र पार्टीको नीति तथा कार्यक्रम कार्यकर्ता समक्ष लिएर जनातामाझ पुर्याउन भक्तपुर नगर कमिटीको बार्षिक कार्यक्रम कार्यन्यनमा जोड दिनु पर्ने बैठकमा बताउनु भएको छ।
भक्तपुर नगर कमिटीको आयोजनामा कार्तिक १६ गते नेपाल सम्बत ११४५ नयाँ बर्षको अवसरमा भिन्तुना र्याली भक्तपुरको तौमढीमा भेला भइ न्हुंदया भिन्तुना र्याली हुने कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न मसिनो ढंगले अगाडी बढनु पर्ने बताउनु भयो। नेकपा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष वचन देउजाले पार्टी नगर अध्यक्षले प्रस्तुत गरेको बार्षिक कार्यक्रम जिल्ला कमिटीको बार्षिक कार्यक्रमको आधार लिएर बनाउनु भएको योजना कार्यन्यन गरि जनाताको घर आगनमा अनुशासित सालिन ढंगले जानू पर्ने र भक्तपुर नगर कमिटीको बार्षिक कार्यक्रम सामाजिक तथा रचनात्मक कार्यक्रम पार्टी सदस्यता अभियान पार्टीको नीति तथा कार्यक्रमबारे सैद्धान्तिक राजनीतिक प्रशिक्षण भेला बैठक जनतासंग एमाले लागाएत रहेकोछ।
अभियान सफलताको कामना गर्नु भयो। बागमती प्रदेश कमिटी सदस्य तथा भक्तपुर प्रदेश १ ख इन्चार्ज कृष्ण राम गेलाल, बागमती प्रदेश सदस्य तथा भक्तपुर नगर इन्चार्ज मिलन सुवाल, भक्तपुर नगर कमिटी उपाध्यक्ष राम चन्द्र प्रजापति सचिव महेश मुनंकर्मी लागाएतले अघिल्लो बैठकको समिक्षा र आजको छलफलको विषयमा केन्द्रित भएर बैठकले पाटीको अभियान प्रभावकारिता दिनु पर्ने बताउनु भयो।