मध्यपुर थिमि, १५ कार्तिक २०८१ः
नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमि नगर समितिले नेपाल सम्बत ११४५ न्हुंद को उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
“रक्तदान जिबनदान” भन्ने मुलमन्त्र आत्मसाथ गर्दै थिमि बेन्केटमा आयोजना गरेको रक्तदान कार्यक्रममा २४ जना युवायुबतीहरुले रक्तदान गरेका छन।
नेपाल रेडक्रस सोसाईटी थिमि उपशाखाको प्राबिधिक सहयोग रहेको उक्त रक्तदान कार्यक्रमका संयोजक तथा वाईसियल नेपाल भक्तपुर जिल्ला ईन्चार्ज समेत रहेका युवा समाजसेबी नरेश रंजितले हाल रगतको अभाब भैरहेको समयमा यस्ता कार्यक्रमहरु नियमित रुपमा संचालन गर्ने बताए।