हिन्दुहरुको दोस्रो महान चाड तिहार तराईमा दिपावली र भारतमा दिवाली भनेर चिनिन्छ । ५ दिनसम्म मनाइने तिहार दशैको दशमी पश्चात २० दिन पछि पर्दछ । कागको पूजा संगै सुरुवात भएको तिहार अन्यमा भाइपूजा अर्थात भाइटिका पछि समाप्त हुन्छ । तिहारमा विभिन्न प्राणी जस्तै काग, कुकुर लक्ष्मीको पूजा गरिन्छ र अन्त्यमा आयु दीर्घ रहोस भनी कामना सहित दिदी बहिनीले आफ्नो दाजुभाइलाई भाइटिका लगाइन्छ ।
तिहारको दोस्रो दिन विभिन्न दृष्टिकोणले महत्वपूणर् मानिएको कुकुरको पूजा गरिन्छ । किम्बदन्ती अनुसार यमराजका सयोगीको रुपमा पनि कुकुर पाइएको छ जसमा यमराज संग श्याम र सडल नामका दुई कुकुर थिए र यिनीहरुले नर्कको बाटोको ढोकामा सुरक्षा दिइरहेका थिए । पौराणिक कालको महाभारतको युगमा पाँच पाण्डवहरु स्वर्ग जान लाग्दा कुकुर पनि उनीहरुको संगै पछि लागेको थियो भन्ने भनाइ रहेको छ । त्यस्तै कुनै मानिसको दुखद खबर छ या केही दुर्घटना हुदैछ भन्ने सूचना कुकुरको व्यवहारबाट थाहा हुन्छ भन्ने मान्यता रहेको छ । कुकुरले मानिसलाई बढी भएको खानेकुरा खाएर वातावरण सफा गर्ने काम पनि गर्दछन । सुरक्षा, साथी, पारिवारिक सदस्य आदिमा कुकुरको साथ भएकाले कुकुर र मानिस बीच सम्बन्ध गहिरो रहेको पुष्टि हुन्छ ।
यम पञ्चकको दोस्रो दिन कुकुर तिहार मनाउदै गर्दा कुकुरलाई टिका र माला लगाएर पूजा गरे पश्चात मीठो खानेकुरा दिइन्छ । कुकुरले समाज र घर प्रति निभाएको दायित्वलाई सम्मान गर्दै यस दिन कुकुरको पुजा गरिन्छ ।
समुदायमा कुकुरको उपयोगिता
१) साथी ः
कुकुरले मानिसको एक्लोपनालाई दुर गरिदिन्छन । जो मानिस घरमा एक्लै हुन्छन वा बस्छन, यस्ता मानिसले कुकुर पालेका छन भने कुकुरलाई घरको सदस्य सरह व्यवहार गरिरहेका हुन्छन ।
२) तनाव कम गराउने र स्वास्थ्य फाइदाजनक ः
कुकुर घरमा भएमा मानिसमा तनावको समस्यालाई कम गराउछ । कुकुरसंग खेल्ने, दौडने, व्याम गर्ने, हिड्ने आदिले तनावको लेवल घटाउछ भने शरीर स्वस्थ राख्न मद्दत गर्दछ । त्यस्तै हारबर्ड विश्वविद्यालय बाट गरिएको अध्ययनले कुकुर पाल्ने मानिसहरुमा मुटु सम्बन्धी रोग न्यूनिकरण भएको पाइएको थियो ।
३) सुरक्षा ः
मानिसको जीवनमा कुकुरको साथ महत्वपूणर्का रुपमा लिइन्छ । अनुसन्धान देखि लिएर घरको सुरक्षासम्म कुकुरको भूमिका उल्लेखनिय रहन्छ । रातको समयमा कसैले केही सामान बोकेर हिडेमा सामुदायिक कुकुरले भुक्ने गर्दछन । यसलाई कतिपयले नकारात्मक अर्थ लगाएतापनि वास्तवमा ती कुकरुहरुले समुदायको सुरक्षा गरिराखेका छन । तालिम प्राप्त कुकुरहरुले विभिन्न संवेदनशील ठाँउहरुको सुरक्षामा ठूलो भूमिका खेल्दछन । मानिसले सुन्ने श्रवण दूरीभन्दा कुकुरको श्रवण दूरी चार गुणा बढी हुन्छ र मानिसले ६४-२३,००० ज्श् को तरङ्ग सुन्न सक्ने क्षमता हुन्छ भने कुकुरमा ६७-४५,००० ज्श् को तरङ्ग सुन्ने क्षमता हुन्छ । यहि क्षमताका कारणले कुकुरले मानिसले नसुन्ने साना आवाज पनि सजिलै सुन्न सक्दछन । त्यस्तै कुनै भुकम्प लगायत केहि दैविक प्रकोपको समयमा खोज तथा उद्धारको काममा पनि कुकुरहरु प्रयोग भइरहेका छन ।
४) सिकाउने दायित्व ः
घरमा कुकुर वा अन्य जनावर हुनाले केटाकेटीले पनि पशु प्रति देखाउने माया बढेर जान्छ । यसबाट केटाकेटीले सबै प्राणीलाई माया गर्नुपर्छ भन्ने कुरा सिक्दछन । यदि कुकुर या कुनै जनावर घरमा बिरामी भएमा तिनीहरुलाई घरका अन्य सदस्यहरुले गरेको उपचार र स्याहारले केटाकेटीमा सकारात्मक प्रभाव पार्दछ ।
सामुुदायिक कुकुर प्रति हाम्रो दायित्व
कुकुुरलाई नजिस्काउने, ढुंगाले नहिर्काउने र निर्दयी ब्यबहार नगर्ने
समुदायमा रेबिज नियन्त्रणका लागि सामुदायिक कुकुरलाई रेबिज बिरुद्धको खोप र कुकुरको संख्या न्यूनिकरणको लागि बन्ध्याकरण कार्यक्रमलाई सहयोग गर्ने
सामुदायिक कुकुरलाई मानविय व्यहार गर्ने र पशु अधिकारको चेतना पैmलाउने
कुकुर पाल्न मन लागेमा सम्भव भएसम्म सामुदायिक कुकुरका छाउराहरुलाई प्राथमिकतामा राखी घरमा पाल्ने
समुदायमा कतै बिरामी वा घाइते कुकुर देखा परेमा नजिकको भेटेरीनरी वा पशुकल्याणकारी संस्थामा उपचारको लागि खबर गर्ने