मध्यपुर थिमिको नगदेशमा ऐतिहासिक सामूहिक म्ह: पुजा भब्य रूपमा सम्पन्न

मध्यपुर थिमि नगदेश

मध्यपुर थिमिको नगदेशमा ऐतिहासिक मंकाः म्ह: पुजा भब्य रूपमा सम्पन्न भएको छ।

ज्यापु महागुथि नेपाः पुर्बलागा समिति नगदेश, उपकार साकोस र नृत्यनाथ बासुरी खलः नगदेशको संयुक्त आयोजनामा भएको उक्त म्ह पुजामा ५५ जना महिला पुरुषहरुको सहभागिता रहेको थियो।

नेवाः हरुको महत्वपुर्ण परम्पराको रुपमा रहेको आफुले आफैलाई पुजा गर्ने बिश्वमै दुर्लभ मानिएको ऐतिहासिक म्ह पुजा नेपाल संबत ११४५ न्हुद को उपलक्ष्यमा यहि कार्तिक १७ गते नगदेश लाछिमा आयोजना गरिएको थियो।

म्ह पुजा आयोजक समितिका संयोजक जयकृष्ण दुवालका अनुसार संभबत यस्तो सामुहिक पुजा मध्यपुर थिमि मै पहिलो पटक भएको बताउनु भयो। दुवालले म्ह पुजा गर्ने हरुको उत्साहजनक सहभागिताले आफुहरु हौसिएको बताउदै यो पुजालाई सकेसम्म हरेक बर्ष निरन्तर रुपमा आयोजना गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!