डीभी भर्ने समय दुई दिन थप

काठमाडौं, १९ कार्तिक २०८१ः

अमेरिकाले डाइभर्सिटी भिसा २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ ।

यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

अमेरिकी दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा आवेदन खुला गरिएको थियो ।

डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!