काठमाण्डौ ।
सेप्टेम्बर २० देखि २३ सम्म संयुक्त राष्ट्र संघको मुख्यालयमा ‘समिट अफ द फ्युचर’ आयोजना भएको थियो । संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रहरुको सहभागीतामा सम्पन्न भएको थियो, जहाँ नेपालको प्रतिनिधित्व सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । यस कार्यक्रममा नेपाल युवा परिषदको प्रतिनिधित्व गर्दै र सम्पुर्ण आर्थिक तथा अन्य व्यवस्थापन आफैले नै गरी समिट अफ द फ्युचर २०२४ मा सहभागीता जनाएको थिए र धेरै नयाँ ज्ञान र बिभिन्न देशका युवाहरुसँग पनि भेट्ने अवसर मिल्यो ।
बिभिन्न देशहरुमा धेरै सम्मेलन तथा तालिममा सहभागी भए तर संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित समिट अफ द फ्युचर सहभागी हुदाँ पहिलो कस्तो-कस्तो लाग्यो । बोल्ने बक्ताहरु उमेरले म भन्दा सानो देखि उमेर तथा ज्ञानले परिपक्क सम्मका व्यक्तिहरु र उनीहरुले भविष्यप्रति दिएको चिन्ता र चासो साथै जलवायु परिवर्तनका बिषय, डिजिटल र ‘इनोभेसन’ का बिषयमा पनि निकै ठुलो चासो र चिन्ता दिएको पाईयो । यसतर्फ म, हाम्रो संगठन अनेरास्ववियु नेपाल सरकारले पनि चासो दिनु पर्दछ । भविष्यप्रति यी बिषयहरुलाई चासो र चिन्ताका साथ हेरिनु पर्नेछ रहेछ, भन्ने कुरामा म आफु चाहिं स्पष्ट भए ।
बिशेष गरी ‘प्याक्ट फर दिफ्युचर’, ‘ग्लोबल डिजिटल कम्प्याक्ट’, ‘सेक्यूरीटी काउन्सील रिफर्म’, जलवायु परितर्वन र दिगो विकास र डेब्ट एण्ड फाईनान्स रिर्फमको वरिपरि रहेर ‘समिट अफ द फ्युचर’ आयोजना गरेको थियो । जहाँ सदस्य राष्ट्रहरुको तर्फबाट हरेक देशका प्रमुख वा प्रतिनिधिले उक्त कार्यक्रममा सहभागीता जनाएको थियो ।
‘समिट अफ द फ्युचर’ सेप्टेम्बर २२ र २३ माहुनु भन्दा अगाडी ‘समिट अफ द फ्युचर एक्सन डेस्’ आयोजना गरेको थियो । जहाँ बिभिन्न देशहरुबाट युवा, बिद्यार्थी, सामाजिक अभियान्ता र सरोकारवाला निकायहरुको सक्रिय सहभागिता भएको थियो । सम्पूणर् सहभागीहरुले सक्रियतापूर्वक सहभागीता जनाएको, बोल्ने बक्ताहरुले पनि विश्वको चिन्ताका बिषयहरु जस्तै जलवायु परिवर्तनका कुराहरु, ग्लोबल डिजिटल कम्प्याक्टका बिषयहरुलाई कार्यान्वयन र आगामी दिनहरुमा थप सक्रियाताका साथ स्थानीयकरण गर्न जोड दिएका थिए । साथसाथै बिभिन्न समुदाय र उमेर समूहका व्यक्तिहरुको बिषयमा पनि जोडका साथ आवाज बुलन्द पारेका थिए । त्यसमा पनि युवालाई अझ बढि प्राथमिकतामा राखि बक्ताहरुले आफनो धारणा व्यक्त गरेको देख्दा हाम्रा नेपाली युवाहरुले त्यति धेरै अवसर प्राप्त नगरेको पाए । अन्य देशहरु र छिमेकी देशहरुका युवाहरुको सक्रियताका साथ सहभागिता भएको पाईयो, त्यसको तुलनामा हाम्रा देशको युवाहरुको प्रतिनिधित्व अत्यन्तै न्यून पाउनुले पनि राज्यले आगामी दिनहरुमा यस्ता फोरमहरुमा नेपाली युवाहरुलाई सहभागीता गरानुपर्ने देखिन्छ र राज्यको ध्यान समेत जानु पर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा अन्तर्गत अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’ को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता गरेका थिए । महासभाको उक्त समिटको उद्घाटन सत्रमा भाग लिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयस्थित ट्रष्टी काउन्सिलमा आयोजित छलफल सत्रको अध्यक्षता गरी त्यस सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी बाटो बारे सदस्य राष्ट्रका सम्बन्धित मन्त्री र प्रतिनिधिले आफ्ना धारणा राखेका थिए ।
राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले महासभाको ‘समिट अफ द फ्युचर’ लाई सम्बोधन गरेका समयमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधि मण्डलले महासभामा भाग लिएका थिए । प्रधानमन्त्री ओलीले समिटलाई सम्बोधन गरी विभिन्न देशका प्रधानमन्त्री र समकक्षीसँग साइड लाइन भेटवार्ता गरेका थिए । साथै अमेरिका लब्ध प्रतिष्ठित बिश्वबिद्यालयमा समेत अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भई बिशेष सम्बोधन गरेका थिए । त्यस अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएका बिद्यार्थीहरुले नेपाल र नेपालको पर्यटकीय गन्तव्यका बिषयमा बिशेष चाखो राखेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा उनले अल्पविकसित मुलुकका समूहहरुको साझा समस्याका रुपमा रहेको गरिबी निवारणका लागि उत्पादन वृद्धि गरी औद्योगिकीकरण गरिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जनका कारण अल्प विकासित मुलुकहरु प्रभावित हुँदै आएकाले यसप्रति गम्भीर भइ विकसित मुलुकले क्षतिपूर्ति कोषमा लगानी बढाउनुपर्ने उल्लेख गरे । उनले लाखौँ बालबालिका पढ्ने र खाने अधिकारबाट वञ्चित भएको अवस्थामा साझा प्रयासको खाँचो औल्याउँदै गरिबी निवारणमा जोड दिए ।
महासभामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापालगायत सहभागी भएका थिए ।
‘समिट अफ द फ्युचर’ सम्पन्न भए पश्चात सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले हाबर्ड विश्वविद्यालय, केनेडी स्कुल अफ पोलिटिक्स र एमआईटीले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भई नजिक बाट नेपालका लगायत बिभिन्न देशका बिद्यार्थीहरुको सवाल र प्रधानमन्त्री ज्यूको जवाफ कार्यक्रमलाई पनि नजिकबाट हेर्ने मौका मिल्यो ।
बाल्टिमोर एशोशियशन अफ नेपलिज इन अमेरिका (बाना), नेपाल अमेरिका पत्रकार संघ (नेजा), प्रवासी नेपाली मंच अमेरिका तथा ओहायो राज्य, न्यूयोर्क राज्य, टेक्सास लगायतका अन्य राज्य कमिटिका साथीहरु, र नेपाली समाज टेक्सासले आयोजना गरेको भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भई कर्मथलो अमेरिका बनाई बिभिन्न पेशाव्यवसायमा आवद्ध नेपालीहरुसँगको भेटघाटले मलाई थप हौसला मिल्यो, उनीहरुको नेपाल नेपालीप्रतीको माया र सद्भाव उच्चस्तरीय थियो जुन कुराले भौतिक रुपमा जहाँ भए पनि यो मन त नेपाली नै हो भन्ने कुराको चरितार्थ गर्यो ।
अमेरिकाको क्लिभल्याण्ड आर्ट म्युजियममा अवलोकन गरी नेपालका स्रोत नखुलेका निकै वर्ष पुरानो उमा गणेश, बज्रबाराही गणेश र रोयल फिमेलको डोनर तथा विदेशी फन्डबाट प्राप्त भनि उल्लेखित मञ्जुश्रीका मूर्तिहरूले गहिरो प्रभाव पार्यो, केही वर्षअघि न्यूयोर्कको मेट्रोपोलिटन म्युजियममा ७०० वर्ष पुरानो बुद्धको मूर्ति फिर्ता गरिएको थाहा पाउँदा हर्ष लाग्यो । यी मूर्तिहरू यदि हराइएका नेपाली सम्पदा हुन् भने पुरातत्त्व विभागले तुरुन्त खोज अनुसन्धान गर्नुपर्ने आवश्यकता छ र यसको थालनीको लागि नेपाल सरकारलाई अपिल समेत गर्दछु ।
अमेरिका बसाई र घुमघामको क्रममा पुराना अखिलका अग्रज तथा साथीहरुसँग समेत भेटघाट भयो र संगठनको बिषयमा समेत बिभिन्न दृष्टिकोणबाट छलफल गरियो र डायस्पोराको समस्या समाधानका लागि समेत अगाडीका कदमहरुको बिषयमा समेत बैचारिक छलफल गरी उहाँहरुले उठान गरेको बिषयमा राज्य गम्भिर भई सम्बोधन गर्न सके नेपाल र नेपालीको मायाँ र व्यवसायीय गाँठो अझै प्रगाण भन्ने थियो भन्ने कुरामा म विश्वस्त रहेको छु र सम्माननीय प्रधानमन्त्री ज्यूलाई यस बिषयमा जानकारी समेत गराई सकेको छु ।
साथै ‘समिट अफ द फ्युचर’ मा पर्शुराम नगरपालिकाका मेयर भरत जोशी, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल र एमालेका युवा नेता अब्दुस मियाँले सहभागिता जनाएका थिए । साथै बिभिन्न पत्रकारहरु, सामाजिक अभियान्ताहरु, विकास साझेदारका प्रतिनिधिहरु लगायत सरोकारवाला निकायका प्रतिनिधिहरु समेत नेपालबाट प्रतिनिधित्व गर्दै सहभागीता जनाएका थिए ।
आगामी दिनहरुमा संयुक्त राष्ट्र संघले आयोजना गर्ने बिभिन्न कार्यक्रमहरुमा नेपालका युवाहरुलाई सहभागीताको लागि बिशेष पहल गर्नु पर्ने र यस्ता कार्यक्रमहरुमा सहभागी भई आएका व्यक्तिहरुलाई राज्यले बोलाई अन्य युवाहरु माझ सिकाई तथा अनुभव साटासाट गराउने वातावरण तयार गर्न समेत अनुरोध छ र जस्ले गर्दा अन्य नेपाली युवाहरुले समेत भविष्यमा यो र यस्ता खालका कार्यक्रममा सक्रियताका साथ सहभागीता जनाउन सक्ने थियो कि भन्ने आशा र विश्वास समेत रहेको छ ।