काठमाडौँ, २४ कार्तिक २०८१ः
नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन पार्टीका सबै निकायहरूलाई निर्देशन दिएको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको प्रदेश कमिटीहरूबाट सिफारिस भई आएका उमेद्वारहरुको नाम अनुमोदन गरी सम्पूर्ण सामर्थ्यका साथ निर्वाचनमा परिचालित हुन पार्टी पङ्क्तिलाई निर्देशन दिएको एमालेले जनाएको छ ।
स्थानीय तहका विभिन्न ४४ स्थानमा आउँदो मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।