दुबई पठाइदिने भन्दै १९ लाख ठगी गर्ने युबक पक्राउ

काठमाडौं,२४ कार्तिक २०८१ः

वैदेशिक रोजगारीमा दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–४ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुमा बस्दै आएका ३० वर्षीय सञ्जीव गुरुङ छन्।

दुबई पठाइदिने भन्दै तीनजनाबाट नगद १९ लाख ७० हजार रुपैयाँ लिई उनी सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो। गुरुङलाई शुक्रबार (हिजो) मनमैजुबाटै पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।

आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!