गैँडा स्थानान्तरण विषयमा सरोकारवालाको विरोध

कावासोती, २५ कात्तिक २०८१ः

पूर्वी नवलपरासीबाट गैँडा स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर लैजान नहुने भन्दै सरोकारवालाले विरोध जनाएका छन् ।

आज जिल्ला प्रशासन कार्यालय नवलपुरमा ध्यानाकर्षण पत्र बुझाउँदै नवलपुर पर्यटन समितिका अध्यक्ष परशुराम महत्तोले पछिल्लो समय विभिन्न कारण देखाउँदै गैँडा स्थानान्तरण गर्दा यहाँको पर्यटन र समग्र विषयलाई प्रभावित पार्ने भएकाले गैँडा स्थानान्तरणलाई रोक्न ध्यानाकर्षणपत्र बुझाएको बताए।

विगतका समयदेखि नवलपरासी (ब.सु.पु.) जिल्लामा रहेका गैँडालाई अर्को स्थानमा स्थानान्तरण गरिँदै आएको प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको ्भन्दै स्थानान्तरणले जिल्लामा जैविक विविधता, पर्यावरणीय सन्तुलन र पर्यटन उद्योगमा नकारात्मक प्रभाव पर्न सक्ने सम्भावना देखिएको बताए।

नवलपुर होटल व्यवसायी सङ्घ, नवलपुर पर्यटन समिति, नेचर गाइड एसोसिएसन नवलपुर, ऐतिहासिक कावासोती ताल संरक्षण समिति, हरियाली संस्था र कावासोती होटल व्यवसायी सङ्घको नगर समितिले संयुक्त रूपमा ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले यस विषयमा आफूले बुझेर आवश्यक समन्वय गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!