भक्तपुर, २५ कार्तिक २०८१ः
जनस्वास्थ्य कार्यालय भक्तपुरले महिलामा हुने पाठेघरको मुखको क्यान्सर रोग बिरुद्दको खोप अभियान चलाउने भएको छ।
जनस्वास्थ्य कार्यालयले आज २०८०/८१ मा सम्पादित तथा २०८१/८२ मा प्राप्त स्वास्थ्य कार्यक्रम सम्बन्धि जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रबक्ता दिपक अछामिले उक्त जानकारी दिनु भएको हो।
अछामिले यहि माघ देखि फागुन सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर रोग बिरुद्दको खोप अभियान चलाउने जानकारी दिनु भयो।