भक्तपुरमा ट्राफिक नियम उल्घंन गर्ने २१५७ सवारी साधन कारवाहीमा

परिसरमा आर्थिक लेनदेन सम्बन्धि २०० भन्दा बढि उजुरी

भक्तपुर, कार्तिक २५, २०८१ः
रत्न काजि प्रजापति

जिल्ला प्रहरी परिसर भक्तपुरले चाड पर्बमा ट्राफिक नियम उल्लंघन गर्ने २१५७ सवारी साधनलाई कारबारी गरेको छ।

गत असोज १२ गते देखि कार्तिक २३ गते सम्म परिसरले चलाएको चाडपर्ब लक्षित सुरक्षा योजना कार्यान्वयनको क्रममा ति सबारी साघनहरु कारबारीमा परेका हुन। प्रहरीले कारबारीबाट जम्मा रु चौघ लाख पचपन्न हजार र्पाच सय रुपैया राजस्व संकलन गरेको छ। सोहि अबधिमा ८७ वटा सबारी दुर्घटनाबाट ३ जनाको मृत्यु हुनाको साथै ५ जना गम्भिर घाईते तथा ५१ जना सामन्य घाईते भएको प्रहरीले जानकारी दिएको छ।

चाडपर्ब लक्षित सुरक्षा योजना कार्यान्वयन सम्बन्धि जानकारी दिन आज परिसरमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक ढुन्दिराज न्यौपानेले कार्यालयले फैसला कार्यान्वयनमा जोड दिने, सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने, लागू औषध नियन्त्रण गर्ने, आत्महत्या न्यूनिकरण गर्नको लागि प्रभावकारी रुपमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने तथा शान्ति सुरक्षा कायम गरी अपराध रोकथाम र नियन्त्रण गर्ने जस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो।

कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरिक्षक माधब प्रसाद बुढाथोकीले हाल परिसरमा अधिकांश उजुरीहरु आर्थिक लेनदेन र चेक अनादर सम्बन्धि पर्ने गरेको बताउदै उहाले ति उजुरीहरु उपर बिस्तृत अनुसन्धान गरेर मात्र फैसला गर्ने गरेको बताए। आर्थिक लेनेदेन सम्बन्धि हाल परिसरमा २०० भन्दा बदि उजुरीहरु रहेको उहाले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!