काठमाडौं, २७ कार्तिक २०८१ः
नेपाल लेयर्स कुखुरा पालक संघको आज बसेको बैठकले अण्डाको मुल्य पुरानै कायम गर्ने निर्णय गरेको छ।
बैठकले अण्डाको उत्पादन, माग र आपूर्तिको अवस्था, बजार मुल्यका बारेमा गम्भीर रूपमा छलफल गरि यस अघि कार्तिक १२ गतेको बैठकले तोकेको मुल्य लाई यथावत राख्ने सहमति भएको हो।
चितवनलाई आधार मानेर संघले तोकेको समर्थन मुल्य मिडियम अण्डा प्रती क्रेट रु.४९०/-, ठुलो अण्डा प्रती क्रेट रु ५०५/-, XL अण्डा प्रती क्रेट रु. ५२०/- रहेको छ।