मध्यपुर थिमि, २७ कार्तिक २०८१ः
भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं ६ नगरपालिका चोकमा रहेको राज मेडिकलका संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लागु पदार्थ बिक्रिबितरण गरेको आरोपमा प्रहरीले फार्मेसी संचालक रौतहट देवाही गोनाही नगरपालिका वडा नं ३ घर भई हाल पुरानो थिमि बस्ने वर्ष ३६ को राजनारायण साहलाई लागु पदार्थ सहित नियन्त्रणमा लिएको हो।
उक्त फार्मेसीमा लागू औषध बिक्री वितरण हुन्छ भन्ने प्रहरीलाई प्राप्त गोप्य सुचनाको आधारमा प्रहरी बृत मध्यपुर थिमिबाट खटिइएको प्रहरी टोलीले कानून बमोजिम उक्त मेडिकलमा चेकजाँच गर्दा लागू औषध फेला पारेको हो।
यसबारे प्रहरीले थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।