सकियो रवि लामिछानेको बयान

काठमाडौं, २९ कार्तिक २०८१ः

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपन्देही पुर्‍याइएका रवि लामिछानेको बयान सकिएको छ।

पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले लामिछानेको बयान सकिएको बताइन्। ‘बयान सकिएको छ। अब रुजु गरेर हस्ताक्षर गरेपछि हाम्रोतर्फको काम सकिन्छ’ केसीले भनिन्।

बयान सकिए पनि त्यसलाई नम्बरिङ गरेर क्रमवद्ध गर्न, शुद्धाशुद्धी हेरेर भाषा मिलाउन जिल्ला न्यायाधिवक्तालाई समय लागेकाले पूर्वनिर्धारित फ्लाइटमा पोखरा पठाउने समय तालिका परिवर्तन भएको जिल्ला प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार मौसमले साथ दिएमा साँझ ८ बजेसम्मको फ्लाइटमा लामिछानेलाई पोखरा पठाइने छ।

जिल्ला प्रहरी कार्यालयका एक अधिकृतका अनुसार लामिछानेसंग बुधबार र बिहीबारसमेत गरी ७० भन्दा बढी लिखित प्रश्न सोधेको र लामिछानेले इन्कारी बयान दिएका छन्। मंगलबार दिउँसो विमानमा पोखराबाट भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र बुधबारदेखि लिखित बयान लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!