पोखरामा जुवातास खेलिरहेका ७ जना पक्राउः १ लाख १२ हजार ९० रुपैयाँ बरामद

पोखरा, २९ कार्तिक २०८१ः

जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा तास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका–१६ अमरदीपबाट ७ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार गौमाया गुरुङको घरबाट उनीहरूलाई १ लाख १२ हजार ९० रुपैयाँसहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ का ४० वर्षीय कृष्ण गुरुङ, ४५ वर्षीया गौमाया गुरुङ, ३८ वर्षीया जुनिता भट्टचन, वडा नं ८ सिमलचौरका ६४ वर्षीय गौमान गुरुङ, ४८ वर्षीया रूपा गुरुङ, वडा नं १३ पाटनबेशीका ४० वर्षीय हेमराज गुरुङ र वडा नं २७ अर्घौचोकका ४६ वर्षीय बुद्धि बहादुर गुरुङ छन्।

उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!