पोखरा, २९ कार्तिक २०८१ः
रत्न काजि प्रजापति
पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय बेलुन फेस्टिबलको स्थानिय संयोजकमा फेवा क्लब, पामे नियुक्त भएको छ। आयोजक बेलुन नेपाल प्रा. लि. का अध्यक्ष बिक्रम बाडे र फेवा क्लबका अध्यक्ष नबराज पराजुलीले एक समारोहका बिच सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ।

पोखरामा सहासिक खेल पर्यटनको प्रबर्धन गर्ने उद्धेश्यले वेलुन नेपाल प्रा.लि. को आयोजनामा यहि पुस ९ गते देखि १७ गते सम्म अन्तर्राष्ट्रिय बेलुन फेस्टिबलको आयोजना हुन लागेको हो।
अध्यक्ष बाडेका अनुसार फेस्टिबलमा अमेरिका, वेलायत, फ्रान्स, जर्मन, स्पेन, अष्ट्रिया, मलेसिया, ब्राजिल, लाओस, कोरिया, लाटभिया लगायतक १६ देशका खेलाडीहरुले सहभागिता जनाउने छ्न भने ४० देशका करिब देढ लाख पर्यटकहरु उक्त फेस्टिबलको लागि पोखरा आउने अनुमान गरिएको छ।
