भरतपुर महानगर र चितवन मेडिकल कलेज बीच सम्झौताः नगरबासीलाई ५०% सम्म छुटको ब्यबस्था

भरतपुर, २ मंसिर २०८१;

भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेज बीच स्वास्थ्य सम्बन्धि आज ऐतिहासिक सम्झौता भएको छ। सम्झौता अनुसार कलेजले भरतपुर नगरबासीहरुलाई उपलब्ध सेवाहरुमा ५०% सम्मको छुट उपलब्ध गराउने भएको छ।

चितवन मेडिकल कलेजले अबदेखि नगरबासीहरुलाई सम्पूर्ण सेवामा-३०%, सम्पुर्ण स्वास्थ्य परिक्षण ( होल बडी चेक अप) मा ५०%, फार्मेसी सेवामा ७% छुट उपलब्ध गराउने छ भने आबश्यकता अनुसार नगर प्रमुखको सिफारिसमा थप १०% छुट उपलब्ध गराउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!