काठमाडौं , ५ मंसिर २०८१ः
जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएकी छन्।
नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन दर्ता गरेकी रूपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
यसअघि जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित नेपाली कांग्रेसका पदमबहादुर कलेलको २०७९ पुस २३ मा निधन भएको थियो।