गैँडाको आक्रमणबाट किसानको मृत्यु

नवलपरासी , ८ मंसिर २०८१;

गैँडाको आक्रमणबाट खेतमा आलु रोप्दै गरेका एक किसानको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मध्यबिन्दु नगरपालिका-६ भण्डाराका ६५ वर्षीय कृषक नाथुराम थारूको शनिबार बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

आलु रोप्दै गरेका थारूलाई शनिबार बिहान पौने ११ बजे खेतमै गैँडाको हानेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!