प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली बिरामीः शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं, ८ मंसिर २०८१ः

प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली बिरामी भएका छन्। उनको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। फोक्सोमा समस्या देखिएपछि उनलाई अस्पताल गगिएको थियो।

यसैबीच, प्रधानमन्त्री ओलीले उपचाररत बुबाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्,‘बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ, अहिले स्वास्थ्य स्थिति सामान्य छ। ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!