नवलपरासीमा २ दिने कुखुरा पालन तालिम शुरुः ३० महिला किसान सहभागी

नवलपरासी, ९ मंसिर २०८१ः

कुखुरा विकास फार्म खजुरा, बाँकेको आयोजनामा २ दिने कुखुरा पालन तालिम नवलपरासीमा शुरु भएको छ ।

“एक दिन होईन हरेक दिन, अण्डा र मासु भान्साको सान, सर्वोत्तम प्रोटिन स्वस्थ जीवन” भन्ने नाराका साथ जिविकोपार्जन सुधार, खाद्य सुरक्षा तथा गरिवी निवारण कार्यक्रम अन्तर्गतका किसानहरूलाई लक्षित गरी उक्त तालिमको आयोजना गरिएको हो। तालिममा ३० जना महिला किसानहरुको सहभागिता रहेको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीको सभा हलमा भएको उक्त तालिम भोली समापन हुनेछ ।

PC: Prabesh SIngh Kunwar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!