उपनिर्वाचनको मतपरिणाम आयोगको बेवसाइटमा हेर्न सकिने

काठमाडौं , १४ मंसिर २०८१ः

निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा मतगणनाको अद्यावधिक परिणाम बेवसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ।

मतगणना परिणामबारे सहज पहुँच तथा जानकारीका लागि www.result.election.gov.np लगइन गरी ‘अपडेट’ लिन सकिने आयोगका प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिइन्।

आइतबार नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि उपनिर्वाचन हुँदैछ।

आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म तोकिएका केन्द्रमा मतदान हुनेछ। मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!