ट्राफिकको ‘स्पिड चेकिङ’मा मोटरसाइकल दुर्घटना: १६ वर्षीया किशोरीको मृत्यु

ललितपुर , १५ मंसिर २०८१ः

ललितपुर महानगरपालिका–१५ चक्रपथ सडक स्थित बीएण्डबी अस्पताल नजिकै ट्राफिक प्रहरीले गरेको स्पिड चेकिङ स्थलमा दुर्घटना भएको छ। दुर्घटनामा परि प्रदेश–३–०२ ००५ प २६४२ नम्बरको मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने पछाडि सवार १६ वर्षीया स्नेहा बस्यालको मृत्यु भएको छ।

तनहुँको भिमाद नगरपालिका–५ घर भएर पेप्सीकोला बस्ने बस्यालको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको ललितपुरका एसएसपी शेखर खनालले बताए।

शुक्रबार मध्यान्ह भएको दुर्घटनामा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–४ घर भएका २८ वर्षीय प्रत्युस थापा गम्भीर घाइते छन्। उनको बीएण्डबी अस्पतालमा उपचार हुँदै छ। प्रत्युसको टाउकोमा चोट लागेको छ। ओभर स्पिडमा रहेको मोटरसाइकललाई राडार गनले सङ्केत गरेपछि ट्राफिकले रोक्न खोज्दा रेलिङमा ठोक्किएको थियो। प्रहरीका अनुसार चालकले मोटरसाइकल ९९ स्पिडमा हाँकेका थिए।

मोटरसाइकलको ठक्करबाट ट्राफिकका सहायक हवलदार जनक सिंह भाट घाइते छन्। उनको नेपाल प्रहरी अस्पतालमा उपचार हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!