काठमाडौं, मंसिर १७ , २०८१ः
कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी हुनुभएको छ । उहाँ पाँच हजार ३३४ मत ल्याएर विजयी हुनुभएको हो ।
यसैगरी, नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गर्नुभएको छ ।
नेकपा (एमाले) का सुरेन्द्र मानन्धरले चार हजार ३३७ मत प्राप्त गर्नुभएको छ ।
गत निर्वाचनबाट नेपाली कांग्रेसबाट निर्वाचित कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको गत साउन १० गते निधन भएको थियो ।