ललितपुर, १९ मंसिर २०८१ः
बगलादेशको राजधानी ढाकामा गत शनिबार सम्पन्न जेन जी फाईट नाईट साउथ एसियन बक्सिङ च्यापियनसिपमा सहभागि नेपालका खेलाडिहरु र प्रशिक्षक लाई ललितपुरमा सम्मान गरिएको छ । नेपाल प्रोफेशनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्ट प्रालिले सयुक्त रुपमा खेलाडीहरुलाई सम्मान गरेको हो ।

उक्त सम्मान कार्यक्रममा जेन जी फाईट नाईट साउथ एसियन बक्सिङ च्यापियनसिपमा ६१ केजी तौल समुहमा विजयी भएका अनिल कुमार पुन मगर, ५९ केजी तौल समुहमा सहभागी पुरन राई , ६३ केजी तौल समुहमा सहभागी महेन्द्र बहादुर चन्द सहित प्रशिक्षक प्रेम पाउजुलाई नगद सहित कदरपत्र द्धा्रा सम्मान गरिएको थियो ।

सोहि अवसरमा वल्ड बक्सिङ काउन्सिलबाट रिङ अफिसियल कोर्ष सम्पन्न गरी पहिलो प्रोफेशनल बक्सिङ रेफ्रिज बन्न सफल भएका राजन प्रजापतिलाई विशेष सम्मान गरिएको थियो । प्रजापतिले बंगलादेशमा सम्पन्न उक्त जेन जी साउथ एसियन बक्सिङ च्यापियनसिपमा रेफ्रिको भूमिका निभाएका थिए ।
कार्यक्रममा सिल्क ट्रान्सपोर्टकका प्रमुख कार्यकारी अधिकृत रमेश शेर्पाले ब्यवसायिक बक्सिङ, खेलाडी र समग्र खेलकुदको विकासका लागि विभिन्न तवरले सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपाल प्रोफेशनल बक्सिङ कमिसन संग सहकार्य गर्दै जाने बताउनु भयो।
बक्सिङका वरिष्ठ प्रशिक्षकहरु, खेलाडीहरु सहित करिब ४० जनाको उपस्थितिमा उक्त सम्मान कार्यक्रम सम्पन्न भएको थियो।
