भक्तपुर नगरपालिका, सहकारी नियमावली २०७९ सर्वसम्मतिले पारित

समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी कार्य गर्न छुट्टै व्यवस्थापन समिति गठन गरिने

भक्तपुर, २०७९ माघ १०:

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तेह«ौं नगरसभा बैठकको सातौं दिन सभा चालू रह्यो । आज बसेको सभाले भक्तपुर नगरपालिका, सहकारी नियमावली २०७९ सुझाव सहित सर्वसम्मतिले पारित ग¥यो ।

भक्तपुर नगरपालिकाको सहकारी ऐन २०७४ लाई व्यवस्थित रुपमा कार्यान्वयन गर्न सहकारी नियमावली २०७९ प्रस्तुत गरिएको बताउनुहुदै सभाध्यक्ष प्रजापतिले नगरभित्र सहकारीहरुलाई नियमन गरी उत्पादनमूलक क्षेत्रमा लगानी गराउन नियमावलीले थप सहयोग पु¥याउने बताउनुभयो । सो नियमावलीमा एकै वा फरक प्रकृतिका दुई वा दुईभन्दा बढी संस्था वा संघले अन्तर सहकारी सहयोगको भावनाले संयुक्त वा साझेदारीमा आफ्नो उत्पादन वा सेवाको बजारीकरणका लागि कारोबार, व्यवसाय, उद्योग वा परियोजना संचालन गर्न सकिने उल्लेख छ भने समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी कार्य गर्न छुट्टै व्यवस्थापन समिति गठन गरिने व्यवस्था रहेको छ ।

आज बसेको सभामा नियमावली माथि भएको छलफलमा सभासद्हरु रामसुन्दर बासी, पुरुषोत्तम तमखु र नारायणप्रसाद बासीले सञ्चालक समिति पदाधिकारीहरुको फोटो सहित स्पष्ट परिचय खुल्ने होर्डिङ बोर्डको व्यवस्था गर्नुपर्ने, सहकारी संस्थाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गराउन ऐनमा बाध्यात्मक व्यवस्था गर्नुपर्ने,कालोसूचीमा रहेको ऋणीहरुलाई नगरपालिकाले दिने सुविधाबाट बञ्चित गर्नुपर्ने लगायतको आ–आफ्नो सुझाव दिनुभयो ।

सहकारी नियमावली २०७९ माथि उठेका जिज्ञासा विधायन समितिका संयोजक हरिराम सुवालले प्रष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!