काठमाडौँ, २७ मंसिर २०८१ः
रत्न काजि प्रजापति
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा पुन बृद्दि गरेको छ ।
संघको आज बसेको व्यवसायीहरुको भर्चुअल बैठकले अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल गरि चितवनलाई आधार मानी अण्डाको नया समर्थन मूल्य कायम गरेको हो ।
नया समर्थन मुल्य अनुसार अब मिडियम साइजको अण्डा प्रतिक्रेट ४७०/- रुपैयाँ तथा ठुलो अण्डा प्रतिक्रेट ४८५- रुपैयाँ पर्नेछ । यो मुल्य भोलि मंसिर २८ गते शुक्रबार देखि लागु हुनेछ । उक्त मुल्यमा चितवनबाट लोड भई देशैभरीको अण्डा डिपोमा पुर्याउदा लाग्ने भाडा, कार्टुन र क्रेट सहित प्रति पेटि ( सात क्रेट) रु. १४०/- थप लाग्ने संघले जनाएको छ।
यस अघि संघले मंसिर २२ गते शनिबार देखि लागु हुने गरी मिडियम साइजको अण्डा प्रतिक्रेट ४५५/- रुपैयाँ तथा ठुलो अण्डा प्रतिक्रेट ४७०- रुपैयाँ तोकेको थियो।
नेपाल लेयर्स कुखुरापालक संघका सचिब मदन पोखरेलले बजारमा अण्डाको माग उच्च रहेको र सो अनुपातमा उत्पादन नहुदा अण्डाको मुल्यमा बृद्दि भएको बताउनु भयो।