काठमाडौं, २९ मंसिर २०८१ः
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा प्रेस सेन्टर नेपालका रामहरि कार्की अत्यधिक मत सहित निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित कार्कीले २४३ मत ल्याउदा उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले जम्मा ६३ मत ल्याए। कार्कीले चौतारी र युनियनको गठबन्धनका उम्मेदवार भन्दा करिब चार गुणा बढि मत प्राप्त गरेका थिए।
महासंघको उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् ।
महासंघको सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा निर्वाचित भएका छन् ।
यसैगरी राष्ट्रिय परिषद् सदस्यमा अञ्जली तामाङ, देवीदत्त पौडेल, वासुदेव श्रेष्ठ, सागर देवकोटा, पदम बिक, राजकुमार सिग्देल र राजुकुमार नेपाल निर्वाचित भएका छन् ।