पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा सुन्दर शिल्पकार निर्वाचितः उपाध्यक्षमा चौतारीका ढकाल

भक्तपुर, २९ मंसिर २०८१ः

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको अध्यक्षमा सुन्दर शिल्पकार निर्वाचित भएका छन् । महासंघको हिजो सम्पन्न निर्वाचनमा ७५ मत प्राप्त गरि शिल्पकार निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्दी पुर्ब अध्यक्ष जगत कृष्ण प्रजापतिले ५९ मत प्राप्त गरेका थिए।

निर्वाचनमा उपाध्यक्ष पदमा हेमराज ढकाल, महिला उपाध्यक्षमा नबिना खर्बुजा, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की, राजल छुँका, कोषाध्यक्षमा राम गोपाल तमखु निर्वाचित भएका छन्।

त्यसैगरी महिला सदस्यमा सिर्जना खतिवडा, आदिवासी जनजाती सदस्यमा निशा कुस्मा र रेणु त्वानाबासु (बराबरी) , सदस्यहरूमा मनोज कुमार फुयाँल, मणिराम लामिछाने , पुष्पाकुमारी साउद, सुदर्शन आचार्य, नारायण थापा, केशव प्रसाद तिमिल्सिना, राम सुन्दर खाइजु र राज कुमार लामिछाने निर्वाचित भएका छन् ,

केन्द्रीय परिषद् सदस्यहरूमा भने पेशल आचार्य, रमेश गिरी, पूर्णभक्त दुवाल र जीवन ढुङ्गाना निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!