एक महिनामै चौथो पटक बढ्यो अण्डाको मुल्यः किन बढयो मुल्य?

काठमाडौँ, ४ पुष २०८१ः
रत्न काजि प्रजापति

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा पुनः वृद्धि गरेको छ ।

संघको आज चितवनमा बसेको व्यवसायीहरुको भौतिक र भर्चुअल बैठकले अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल गरि चितवनलाई आधार मानी अण्डाको नया समर्थन मूल्य कायम गरेको हो ।

नया समर्थन मुल्य अनुसार अब मिडियम साइजको अण्डा प्रतिक्रेट ४८५ रुपैयाँ, ठुलो अण्डा प्रतिक्रेट ५०० रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ५१५ रुपैयाँ पर्नेछ । यो मुल्य भोलि पुष ५ गते शुक्रबार देखि लागु हुनेछ । यो मुल्यमा ढुबानी भाडा, कार्टुन र क्रेटको गरी थप रु १४० प्रति पेटी जोडिनेछ।

यस अघि मंसिर १० गते अण्डाको मुल्य मिडियम प्रति क्रेट ४२५, ठुलो अण्डा प्रतिक्रेट ४४० र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ४५५ रहेकोमा पटक पटकको मुल्य बृद्दि पश्चात हालको मुल्य कायम भएको हो। संघले यहि मंसिर १० गते, १६ गते, २२ गते र २८ गते गरी चार पटक मुल्य समायोजन गरेको थियो।

यो मुल्य बृद्दि संगै लेयर्स कुखुरापालक किसानहरुले भने थो्रै राहतको सास फेरेको छ।

किन बढ्यो अण्डाको मुल्य?

नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन चिरञ्जीवी पोखरेलका अनुसार बजारमा अण्डाको माग बढ्नु र अण्डाको उत्पादनमा कमि आउनु नै अण्डाको मुल्य बढ्नुको प्रमुख कारण हो।

अत्यधिक चिसो तथा अन्य बिबिध कारणले गर्दा उत्पादकत्वमा आएको ह्रासका कारण अण्डाको मुल्यमा बृद्दि भएको सचिब पोखरेलले नौलोआयाम डटकमलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!