काठमाडौं, ८ पुष २०८१ः
नेपाल पशुपन्छी औषधि व्यवसायी संघ केन्द्रीय कार्यसमितिको टोली हाल देश दौडाहामा हुनुहुन्छ। पशुपन्छी औषधि व्यवसायीहरूका समस्याहरूको समाधानका साथै संघको आगामि साधारण सभाको लागि सुझाब संकलन गर्न हेतुका साथ उहाहरु देश दौडाहामा रहनु भएको हो।

नेपाल पशुपन्छी औषधि व्यवसायी संघले सोहि क्रममा सातै प्रदेशमा प्रदेश स्तरिय छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ। पुष ६ गते शनिबार सुदूरपश्चिम प्रदेश र पुष ७ गते कर्णाली प्रदेशमा कार्यक्रम सम्पन्न भैसकेको छ भने आज ८ गते ्सोमबार लुम्बिनी प्रदेशमा कार्यक्रम सञ्चालन हुदैछ।
प्रदेश स्तरिय छलफल तथा अन्तरक्रिया कार्यक्रम भोली ९ गते बागमती प्रदेशमा, १० गते गण्डकी प्रदेशमा, १९ गते मधेश प्रदेशमा तथा २० गते कोशी प्रदेशमा संचालन गरिने संघका केन्द्रिय उपाध्यक्ष सुना सुबेदी बडालले जानकारी दिनु भयो। संघका केन्दिय उपाध्यक्ष एकनारायण पौडेलको संयोजनमा छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन भैरहेको संघका केन्दिय अध्यक्ष रितेश रिमालले बताउनु भयो।

संघका केन्दिय अध्यक्ष रितेश रिमालले ब्यबसायीहरुले भोग्नु परेका समस्याहरुको समाधानका उपायहरु पहिचान गर्नुका साथै संघको आगामि साघारण सभामा प्रस्तुत हुने केहि एजेन्डाहरुका बारेमा सुझाब संकलन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। अध्यक्ष रिमालका अनुसार पशुपन्छी औषधिको बजार ब्यबस्थापन सम्बन्धि पनि कार्यक्रमका दौरान राय सुझाब संकलन गरिनेछ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको बागमति शाखाले स्थापना गरेको भेक़डान छात्रबृति कोष, हालै केन्दिय समितिले स्थापना गरेको भेक़डानआकस्मिक राहत कोष तथा संघको बिधानमा गर्नु पर्ने संशोधन सम्बन्धि राय सुझाब पनि कार्यक्रमका क्रममा संकलन गरिने छ।
देश दौडाहामा रहेको केन्द्रिय टोलीमा अध्यक्ष रिमाल लगायत केन्द्रिय उपाध्यक्ष लक्ष्मण घिमिरे, सुना सुबेदी बडाल र एक नारायण पौडेल, महासचिब सादुराम ढकाल, सचिब केशब शर्मा, केन्द्रिय सदस्यहरु अर्जुन नेपाल, दिपक चन्द्र सेन, पर्शुराम गैरे, निरज पौडेल, पुर्ण प्रसाद जैसी पाण्डे लगायतको सहभागिता रहेको छ।
आगामि माघ ११ गते काठमाडौमा संघको ३४ औ बार्षिक साधारण सभा हुदैछ।
